१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतीय मुद्रा अमेरिकाको करेन्सी लिस्टबाट बाहिरियाे


26.702k
Shares

काठमाडौं । भारतीय मुद्रा अमेरिकाको करेन्सी लिस्टबाट बाहिएको छ। गत शुक्रबार अमेरिकाले भारत सहित इटली, मेक्सिीको, थाइल्याण्ड भियतनामलगायतका मुलुकको मुद्रालाई लिस्टबाट हटाएसँगै भारतसँग खरबौंको आर्थिक कारोबार गर्ने नेपाली मुद्रामा पर्ने असर बारेमा चासो बढेको छ ।

हटाइएका पाँच मुलुकका मुद्रा यसअघि अमेरिकी निगरानीमा थिए । धेरै मुलुकका मुद्रा अहिले पनि वाचलिस्टमै छन् । सामान्यतया अमेरिकाले आफ्ना व्यापारिक साझेदार मुलुकसँग व्यापार घाटा बढी भयो भने आयात गर्ने मुलुकमा व्यापार चाप धेरै भएमा उक्त मुलुकले अवमुल्यित मुद्रामा काम गरिरहेको हो कि निगरानी गरी अरुलाई सस्तोमा सामान विक्रि गरेको शंका भएमा वा आफ्नो अनुकुल नभए हटाउने गर्दछ ।

तर, यो कार्यले अन्तर्राष्ट्रिय मुद्रासँग नेपाली मुद्रा अनावश्यक अवमुल्यन हुदै जाने कुरा रोकिने र भारतीय मुद्रासँग मजबुद हुदै जाने पूर्व अर्थमन्त्री एवं मुद्रा सम्बन्धिका जानकार डा. युवराज खतिवडा तर्क गर्नुहुन्छ । तर, भारतीय मुद्रा बलियो हुँदा आयात सस्तो हुने र व्यापारमा चाप पर्ने देखिएको छ । भारतीय मुद्रा कति मजबुद हुदै जान्छ, त्यो अवस्था नेपालको नीति निर्माण लगायत र अहिलेको अमेरिकी डलरको मुल्य बृद्धि लगायतले असर गर्ने डा. खतिवडाको तर्क छ ।

व्यापारिक लाभका लागि आफ्नो मुद्रा डलरको तुलनामा कमजोर बनाइराख्ने मुलुकलाई अमेरिकाले निगरानीमा राख्ने गर्छ । सामान्यतया निर्यात बढी गर्ने मुलुकले आफ्नो मुद्रा कमजोर बनाएर लाभ लिने गरेको अवस्थामा अमेरिकाले उक्त लिस्टबाट हटाउने जानकारहरू बताउँछन । भारतीय मुद्रासँग स्थीर रहेको नेपाली मुद्रा यसको असर कस्तो पर्ला त ?

पानी परेपछि छाता खोज्ने प्रवृत्ति नेपालको अर्थतन्त्रमा बाक्लै देखिने गरेको छ । वैदेशिक मुद्रा सञ्चितिको पीडा भोगिरहेको नेपालले समयमै यस्ता, परिस्थितिसँग लड्न सुरक्षात्मक अवस्था अपनाउन जरुरी छ ।