५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


युक्रेनबाट खाद्यान्न ढुवानी गर्न रुसी सम्झौता महत्वपूर्ण: महासचिव गुट्रेस


91
Shares

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्वपूर्ण भएकाे छ ।

इन्डोनेशियाको बाली टापुमा जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विश्वका धेरै ठाउँमा अनिकाल र भोकमरी हुन नदिन तत्काल कदम चाल्नु आवश्यक रहेको औंल्याउनुभयो । युक्रेनी तथा रूसी खाद्यान्न र मल विश्व बजारमा प्रवाहित हुन सकोस् भन्ने सुनिश्चित गर्ने प्रयास विश्व खाद्य सुरक्षाका लागि अत्यावश्यक रहेको उहाँको तर्क छ ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँले बालीमा हुने जी–२० शिखर सम्मेलनपछि आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्ने बताउनुभएको छ । म्याक्रों निकट एक फ्रान्सेली अधिकारीका अनुसार म्याक्रोंले युक्रेनमाथिको आक्रमणका कारण पुटिन ‘एक्लो’ भएको बताउँदै जी–२० पछि उहाँलाई फोन गर्नुहुने भएकाे छ ।