
एजेन्सी । भारतीय अभिनेत्री काजोल अभिनित फिल्म ‘सलाम वेंन्की’ को ट्रेलर सार्वजनिक भएको छ ।
बाल दिवसको अवसरमा भारतकाे मुम्बईमा एक विशेष कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हाे। बिरामी छोराको हेरविचारमा दिन विताइरहेकी आमाको कथालाई ट्रेलरमा देखाइएको छ ।
यस फिल्ममा काजोल आमाको भूमिकामा छिन् । फिल्ममा उनको क्यारेक्टरको नाम सुजाता हो । यो फिल्ममा विशाल जेठवाले काजोलको छोरा (वेंन्की) को भूमिका निभाएका छन् ।
ट्रेलरको सुरुआतमा आमा छोराको ठट्टालालाई देखाइएकाे छ। ट्रेलरमा वेंन्की अस्पतालको बेडमा सुतिरहेका छन् । हृदयस्पर्शी क्षणहरूले भरिएको, ट्रेलरमा वेंन्कीले जीवनका चुनौतीहरू मुस्कानका साथ सामना गरिरहेको देखाइएको छ।
ब्लाइव प्रोडक्सन र आरटेक स्टुडिओको ब्यानरमा बनेको फिल्ममा काजोल र विशालसँगै राहुल बोस, राजिव खंडेलवाल, अहाना कुमरा, प्रकाश राज लगायत कालाकारको अभिनय छ।
भारतीय सञ्चार माध्यमका अनुसार यो फिल्म सत्य घटनामा आधारित छ। फिल्मलाई रेवतीले निर्देशन गरेका हुन् ।
फिल्म ९ डिसेम्बर २०२२ मा सिनेमाघरमा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्