
काठमाडौं । आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’ मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक भएको छ ।
सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत चलचित्रका लेखक तथा निर्देशक टेक पौरखी राईकै रहेको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेताद्धय सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिमलाई देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
चलचित्र निर्माण टिमले यसअघि चलचित्रमा समावेश ‘तिम्रो इसारा काफि छ’ बोलको गीतसँगै ट्रेलर र पोष्टर सार्वजनिक गरिसकेको छ ।
प्रविन थापा निर्माता रहेको यो चलचित्रमा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल, सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ । काठमाडौं र कालिन्चोकमा खिचिएको चलचित्र ‘मीलन’ ले निर्वाचन पछिको मितिमा दर्शकको उल्लेख्य उपस्थिती रहनेमा विश्वस्त देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्