२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सोलुखुम्बुमा पाँच सयबढी अस्थायी मतदाता


0
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा अस्थायी पाँच सय बढी मतदाता रहेका छन् । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ५२५ जना मतदाता रहेको जिल्ला निर्वाच कार्यालय सोलुखुम्बुले जनाएको छ ।

स्थायी ठेगाना अन्यत्र भएर मतदाता नामवलीमा नाम भएका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र कर्मचारीहरुले अस्थायी मतदाता नामवलीमा नाम समावेश गर्न पाउने कार्यालयले जनाएको छ ।

अस्थायी मतदाताले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने सोलुखुम्बुका सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो ।

जिल्लामा दर्ता भएका अस्थायी मतदाताहरुका लागि आफू खटिएका मतदान केन्द्रबाटै प्रतिनिधिसभाका समानुपातिकतर्फ मतदान गर्ने गरी व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा कुल मतदाता ८१ हजार ५०२ जना रहेका छन् ।