
तेह्रथुम । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तेह्रथुमका कैदीबन्दीले कारगारमा नै रहेको मतदान स्थलबाट मतदान गर्न पाउने भएका छन् । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीमध्ये ३६ जनाले निर्वाचनमा मतदान गर्न पाउने छन् ।
कारागारमा ८० पुरुष र ४ महिला गरी जम्मा ८४ जना कैदीबन्दी रहेको तेह्रथुमका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बुले बताउनुभयो । उनीहरुमध्ये ३६ जनाले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका सूचना अधिकारी दिपक भण्डारीले जानकारी दिनुभयो ।
कैदीबन्दी लगायत कर्मचारीलाई मतदान गर्न जिल्ला कारागारमा मतदान केन्द्र तोकिएको छ । कर्मचारीहरुले पायक पर्ने मतदान केन्द्र एवं स्थलबाट मतदान गर्ने भए पनि कैदीबन्दीहरुको मतदान गर्न पाउने हक अन्तर्गत कारागारमा नै मतदान केन्द्र तोकिएको हो ।
प्रतिक्रिया दिनुहोस्