
काठमाडौं । डा. गोविन्द केसीले प्रमुख दलका शीर्ष नेतालाई भोट नदिन आह्वान गर्नुभएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेतालाई भोट नदिन आग्रह गर्नुभएको हो । उहाँले शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टिकरण र अपराधिकरण गरेको आरोप लगाउनुभयो ।
शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकालाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेलाई पाखा लगाएको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले नेपाली जनताहरु नेतृत्वबाट ठगिएका बताउनुभयो । नेपालमा भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेका कारण आर्थिक प्रगति हुन नसकेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्