
काभ्रे । काभ्रेका कृषकले जनताको समस्यामा सरकार रमिते बनेको गुनासो गरेका छन् ।
आलु, गहुँ खेती गर्ने मुख्य समयमा पनि सरकारले मल दिन नसकेको भन्दै उनीहरुले आक्रोश पोखेका हुन् । मंगलबार पनौतीमा ५ केजी युरीया मल र ३ केजी डिएपी मलका लागि ३ सयभन्दा बढीले नाम टिपाएका मध्ये २ सय ५० जनालाई मल वितरण गरिएको छ भने ५० जनाभन्दा बढी लाइन बसेर रित्तोहात घर फर्किएका छन् ।
जनताको मुख्य समस्यालाई छोडेर नेताहरु चुनावमा लागेको बताउन छन् । उता, पाँचखालमा व्यापारीहरुले भारतीय बजारबाट मल ल्याएर जथाभावी मल बिक्री गरिरहेका छन् । यसले एकातिर महंगोमा मल किन्नुपर्ने बाध्यता रहेको छ भने अर्कोतिर अप्रमाणित मल प्रयोग गर्दा बालीनालीमा पर्नेे अस बारे अन्योल छ ।
पाँचखालका कृषकले यसअघि मल उपलब्ध गराउन माग गर्दै राजमार्ग अवरुद्ध गर्ने योजना बनाएपनि चुनावका कारण स्थगित गरेका थिए । अहिले जिल्लामा मागको १० प्रतिशत मात्रै मल उपलब्ध गराउन सकिएको कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेलका शाखा प्रबन्धक वासुदेव शर्माले जानकारी दिनुभयो ।
चुनाव लगत्तै २० देखि २५ प्रतिशत मात्रै मल उपलब्ध हुने शर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्