
काठमाडाैं । रुसले युक्रेनलाई लक्षित गरेर प्रहार गरेको एउटा मिसाइल पोल्याण्डमा खसेको दाबी गरिएको छ ।
रुसले आफ्नो संलग्नता अस्विकार गरेको यो घटनामा परि पोल्याण्डका दुई सर्वसाधारण मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको बताउनुभएको छ ।
पोल्याण्डले पनि आफ्नो देशमा मिसाइल खसेको घटनाबारे छानविन गरिरहेको बताएको छ । उत्तर एटलान्टिक सहयोग संगठन नेटोले आफ्नो सदस्य देशमा भएको मिसाइल आक्रमणको घटनालाई गम्भिरतापूर्वक लिएको बताउँदै छानविन गर्ने र आवश्यक सुरक्षा काबाही गर्ने स्पष्ट पारेको छ ।
युक्रेनको सीमा नजिक पोल्याण्डको लबलिन क्षेत्रमा हिजो मिसाइल खस्दा दुई सर्वसाधारणको मृत्यु भएको पोल्याण्डका अधिकारीहरूको दाबी छ । युक्रेनले रुसलाई बदनाम गर्ने उद्देश्यले पोल्याण्डमा आफैँ मिसाइल प्रहार गरेको आरोप रुसले लगाएको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेन पोल्याण्ड सीमा नजिक कुनै मिसाइल आक्रमण गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्