१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रौतहटमा चुनावी माहौल उत्कर्षमा


767
Shares

रौतहट । चुनाव नजिकिदै गर्दा रौतहटमा पनि चुनावी सरगर्मी बढेको छ । क्षेत्र नम्बर १ मा नेकपा एकिकृत समाजबादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल र एमालेका अजय गुप्ता चुनावी मैदानमा छन् ।

दुबै उम्मेदवार आ–आफनो पक्षमा जनमत बटुल्ने अभियानमा छन् । आक्रमक चुनावी प्रचारप्रसार भएका कारण यहाँको चुनावी माहोल रोचक देखिन्छ ।

आगामी मंसिर ४ गते देशभर नै एकैचरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको माहोल रोचक बन्दै गर्दा यता रौतहटको क्षेत्रनम्बर १ को चुनाव पनि कम रोचक देखिएको छैन ।

जनता माझ चिनिएको नेकपा एकिकृत समाजबादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल र गौर नगरपालिकाका पुर्ब प्रमुख तथा नेकपा एमालेका उम्मेदबार अजय गुप्ताले बाजी मार्न दुबैको चुनाबी प्रचारलाई तिब्र बनाएका छन् । यो निर्बाचन लाई द्ुबै उम्मेदवारले आ–आफनो प्रतिष्ठा र शाखसँग जोडेर हेरेका छन् ।

नेकपा एमालका उम्मेदवार अजय गुप्ताले विकासको मुद्धा लिएर मतदाताको घरदैलो गरिहेकाछन् । शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रलाई सुधार गर्न आफनो उम्मेदबारी रहेको उहाँको भनाई छ ।

आफ्नो पूर्व नेता भएका कारण पनि माधव नेपालसँग चुनावी पौठेजोरी खेल्न गुप्तालाई त्यति सजिलो छैन् । देशकै हेभिवेट नेता त्यसमा पनि पूर्व प्रधानमन्त्री नेपालसँग चुनावी प्रचारप्रसार गर्न र प्रतिस्प्रर्धा गर्न गुप्तालाई सहज नभएको हो ।

प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटको क्षेत्रनम्बर १ बाट राजनैतिक पार्टीका ८ जना सहित १७ जना प्रतिनिधि सभा सदस्यको लागि उम्मेदबार बनेपनि यतिखेर मतदाता समक्ष नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष नेपाल र नेकपा एमालेका गुप्ता बीचनै प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

नेकपा एकिकृत समाजबादीका अध्यक्ष नेपाललाई नेपाली काग्रेस, नेकपा माओबादी, लोकतान्त्रिक समाजबादी पार्टीको साथ रहेको छ भने नेकपा एमालेका गुप्ता लाई भने जनता समाजबादी पार्टीको साथ रहेको छ ।

एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपालले संबिधानको रक्षा, गणतन्त्र सुरक्षित र संघियता लाई बलियो बनाउन आफनो उम्मेदबारी रहेको बताउनु भयो ।

प्रतिनिधी सभा सदस्य पदका लागि पुर्व प्रधानमन्त्री समेत रहेका नेपाल रौतहट क्षेत्र नम्बर एकको चुनाबी मैदानमा रहेकाले पनि यो क्षेत्र आकर्षणको केन्द्र बिन्दु रहेको छ । प्रतिस्पर्धामा रहेका एमालेका अजय गुप्ता लाई २०७० को निर्बाचनमा नेपालले पराजित गर्नु भएको थियो ।

निर्वाचन आफनो पक्षमा रहेको उम्मेदबारको आ –आफनै दाबी रहेपनि परिणाम कस्को पक्षमा पर्छ त्यो भने मंसिर ४ गतेको निर्वाचनले देखाउने नै छ ।