७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


स्याङ्जामा निर्वाचनका लागि दुई हजार ५५० कर्मचारी खटिने


52
Shares

स्याङ्जा । मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि दुई हजार ५ सय ५० कर्मचारी मतदान स्थल र केन्द्रमा खटिने भएका छन् ।

जिल्लामा १९९ मतदान स्थल र ३ सय २० मतदान केन्द्रमा दुई हजार ५ सय ५० कर्मचारी खटिने निर्वाचन आयोग स्याङ्जाले जनाएको छ ।

मतदान स्थलमा मतदानको संख्याका आधारमा ८ देखि ९ जना कर्मचारी खटिने कार्यलयले जनाएको छ ।

प्रतिनिधि सभातर्फ २ निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ ४ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ३ सय २० मतदान अधिकृत, ३ सय २० सहायक मतदान अधिकृत, १५ सय ९० सहायक कर्मचारी, ३ सय २० सहयोगी कर्मचारी मतदान स्थलमा खटाउने आयोगले जनाइको छ ।

जिल्लामा १ लाख १९ हजार ३१० जना पुरुष, १ लाख २४ लाख ७ सय ७८ महिला र १ अन्य गरी २ लाख ४४ हजार ८९ मतदाता छन् ।