
काठमाडौं । निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।
सुनसरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ (२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का उम्मेदवार रहेका मेहताको उम्मेदवारी खारेज भएको हो ।
बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएर भुक्तान नगरेकाले निर्वाचन अयोगले मेहतालाई अयोग्य ठहर गरेको हो ।
‘प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको हो,’ आयोगले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्