
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गर्नुभएको छ ।
बुधबार नेपाल बैंक लिमिटेडको ८६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका निर्णयले अर्थतन्त्र सुधारोन्मुख रहेको दावी गर्नुभयो ।
उहाँले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको संकेत नदेखिनेसमेत दाबी गर्नुभयो । उहाँले लामो समयदेखि बाह्य क्षेत्रमा धेरै पीडादायी स्थितीमा रहेको भए पनि चालु आर्थिक वर्षको तीन महिनाको तथ्यले वर्तमान आर्थिक स्थिति सन्तोषजनक देखाएको बताउनुभयो ।
गभर्नर अधिकारीले तरलताको कारण कुनै बैंकलाई अफ्ठ्यारो पार्ने स्थिति आउन नदिने अठोट व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्