
web pic
काठमाडौं । पाकिस्तानसंगको मैत्रीपूर्ण फुटबलमा नेपाल १–० गोल अन्तरले विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा नेपालले अन्तिम समयमा गरेको एक गोल नै निर्णायक भएको हो ।
पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल होे । पाकिस्तान झण्डै तिन वर्ष लामो फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तराष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।
पाकिस्तानविरुद्धको खेलको लागि नेपाली टोलीको प्रशिक्षण प्रवेश कटुवालले गरिरहेका छन् भने रोहित चन्दले पहिलो पटक नेपालको कप्तानी गरेका हुन् । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो ।
साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ गोलले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्