
काठमाडौं । मौलिक सम्पदा, कला र संस्कृतिको दृष्टिले नेपाल संग्रहालय हो । ठूला ठूला विकास निर्माण र सपना समेटिएका दलका घोषणापत्र यस विषयमा मौन देखिएका छन् ।
नेपाल प्राचिनकालदेखि मौलिक सम्पदा, कला र संस्कृतिले भरिएको देश । त्यस माथि १०/१० वटा सांस्कृतिक, धार्मिक र प्राकृतिक विश्व सम्पदा भएको देश । प्राचिन मौलिक विरासतका कारण नै स्वतन्त्र राष्ट्रको हैतियतले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्न सफल मुलक । तर विडम्बना राजनैतिक दलमा मौलिक सम्पदा, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा खासै चासो देखिदैन ।
हरेक चुनावमा आधुनिक विकास निर्माणका सपना सहितका घोषणापत्र जारी गर्न सबै दलको होड हुने गरेको छ । मुलुकमा स्विजरल्याण्ड, सिंगापुर लगायतका देशहरु जस्तो विकासको गफ हाक्न कोही कम छैनन् । तर देशको हजारौं वर्ष पुरानो सभ्यता र सम्पदाको मूल्य र मान्यता भने चटक्कै विर्सिएको देखिन्छ । मौलिक विरासतलाई चुनावी मसलाको रुपमा मात्र खर्चन्छन् ।
ठूला दलहरुको घोषणपत्रमा समेत मौलिक सम्पदाको संरक्षण खासै प्राथमिकतामा परेको देखिंदैन, कार्यान्वयन त झन परै जाओस । तर सम्पदा र सभ्यता संरक्षणलाई आधार बनाउँदै राजनीतिमा होमिएका अभियन्ता स्वतन्त्र उम्मेदवारहरुले भने यस विषयलाई उठाएको देखिन्छ । भूमिगत जल संरक्षण्विद एवं अभियन्ता सुशील श्रेष्ठ दलका नेताहरुको चिप्ला भाषण ठुला कुरामा मात्र सिमित हुने गरेको बताउनुहुन्छ ।
बज्रयान महासंघका अध्यक्ष राजेनद्रमान बज्राचार्य दलहरुले मौलिक सम्पदा संरक्षणमा चासो नदेखाएकोमा गुनसो गर्नुहुन्छ । नेपालका मौलिक विरासत नै सम्हाल्न नसक्ने नेताहरुले देश सम्हाल्नेमा शंका लाग्ने अभियन्ता श्रेष्ठ बताउनुहुन्छ
मौलिक संम्पदा, कला र संस्कृति मैत्री विकास नै अहिलेको आवश्यता भएको अभियन्ताहरुको बुझाइछ । देशको समग्र दिगो विकास मौलिक सम्पदा, कला एवं संस्कृति मैत्री वातावरणबाट मात्र सम्भव हुनेमा दल र दलका नेताहरुले अब पनि नबुझे कहिले बुझ्ने ?
प्रतिक्रिया दिनुहोस्