
काठमाडौं । नेपालगञ्जमा बम बनाउने क्रममा विष्फोट हुँदा नेकपा विप्लव समूहका दुई जना कार्यकर्ता घाइते भएका छन् ।
उपमहानगरपालिकाको-१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बिहिबार बम विष्फोट भएको हो । क्षेत्री नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको विद्यार्थी संगठनका बाँकेका जिल्ला अध्यक्ष भएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रेसरकुकर बम बनाउने क्रममा विष्फोट हुँदा क्षेत्री र धर्म बडुवाल घाइते भएका हुन् ।
गम्भीर घाइते भएका बडुवाल र क्षेत्री दुवै जनालाई उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको छ । कोठाभित्र एउटा विष्फोट नभएको बम पनि फेला परेको र नेपाली सेनाले त्यसलाई निस्क्रिय बनाएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्