
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गर्नुभएकाे छ ।
उहाँले आज बिहिबार सामाजिक सञ्जाल फेसबुमा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे,-‘निर्वाचनमा तपाईहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ ।’
दुई-दुई पटक संसद बिघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएका कारण सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको उहाँकाे तर्क छ । सहमति र सहकार्यकै आधारमा देशलाई अघि बढाउन प्रतिवद्ध रहेको समेत उहाँले दावी गर्नुभएकाे छ ।
उहाँकाे भिडियाे सन्देश यस्ताे छ:
प्रतिक्रिया दिनुहोस्