२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कपिलवस्तु-२ मा ३ जना पूर्वमन्त्रीबीच प्रतिस्पर्धा


247
Shares

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि ३ जना पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

सोही क्षेत्रमा पूर्वकानूनमन्त्री वृजेशकुमार गुप्ता, पूर्वकृषि तथा शहकारीमन्त्री अकवाल अहमद शाह र पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यबीच कडा प्रतिस्पर्धा हुने भएको हाे । स्वातन्त्र समूह बनाई सुर्य चिन्हबाट २०७४ सालमा गुप्ता निर्वाचित हुनुभएको थियो। गुप्ता लगातार ४ पटक निर्वाचित भएर सांसद भई सक्नुभएको छ ।

२०५६ सालमा राप्रपाबाट राजनीतिक यात्रा सुरु गर्नुभएका गुप्ता तराई मधेश लोकतान्त्रिका पार्टी (तमलोपा) हुँदै अघिल्लो
निर्वाचनमा स्वातन्त्र समूह बनाई सुर्य चिन्हबाट निर्वाचित हुनुभएको थियो । त्यस्तै अघिल्लो निर्वाचनमा वाम गठबन्धनसँग ३ हजार ५ सय ८१ मतले पराजित हुनुभएका नेपाली कांग्रेसका उम्मेदवार आचार्य यस पटक सत्ता
गठबन्धनकातर्फबाट उम्मेदवार हुनुहुन्छ ।

उहाँ २०५६ सालमा कांग्रेसका उम्मेदवार वीरेन्द्रकुमार कनोडियाविरुद्ध बागी उम्मेदवार हुनुभएको थियो । त्यसपछि दोस्रो संविधान सभाको सदस्य पदमा निर्वाचित भई ३ महिना सिँचाइ राज्यमन्त्री हुनुभएको थियो । दुई कार्यकाल कांग्रेस पार्टीको जिल्ला सभापति हुनुभएका आचार्य हाल प्रदेश महामन्त्री हुनुहुन्छ।

लोसपा पार्टीबाट शाहले पनि यसै क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । उहाँ नेपाल कम्युनिस्ट पार्टी (मानन्धर समूह) हुँदै, एमाले, राप्रपा र तमलोपा हुँदै हाल लोसपाबाट उम्मेदवार बन्नुभएको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उहाँ २५ दिन कृषिमन्त्री हुनुभएको थियो। समानुपातिकबाट संविधान सभा सदस्य हुनुभएका शाह यस पटक प्रत्यक्षतर्फ उम्मेदवार हुनुभएको छ ।