
स्याङ्जा । यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिंदै गर्दा स्याङ्जामा पनि सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको छ ।
२ वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ सय ९९ मतदानस्थल मध्ये ६१ वटा मतदान स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो । त्यस्तै, स्याङ्जाका ६६ मतदानस्थल संवेदनशील र ७२ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ।जिल्लामा सुरक्षा व्यवस्थाका लागि नेपाली सेना ३ सय ८३, नेपाल प्रहरी ९ सय ६५, सशस्त्र प्रहरी ३ सय १३ जना गरी १ हजार ८ सय म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउनका लागि सुरक्षा निकाय, सञ्चार माध्यमकाे विशेष भूमिका हुने उहाँले बताउनुभएकाे छ । जिल्लामा १ सय ९९ मतदान स्थल र ३ सय २० मतदान केन्द्र रहेका छन् । स्याङ्जामा १ लाख १९ हजार ३ सय १० जना पुरुष, १ लाख २४ लाख ७ सय ७८ महिला र १ अन्य गरी २ लाख ४४ हजार ८९ जना मतदाता रहेका छन् ।
स्याङ्जामा ११ वटा स्थानीय तह रहेका छन् । जसमा ५ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्