
नवलपुर । नवलपुरको विकट गाउँ नरम डाडाँमा विजुली बत्ती नपुग्दा स्थानीयह सास्ती खेपिरहेका छन् ।
स्थानीय निर्वाचनमा जनप्रतिनिधिले उज्यालो गाउँ बनाउने भने पनि गाउँ अझै अन्धकारमै छ । जिल्लाको बौदिकाली गाउँपालिका क्षेत्रको उक्त स्थानमा अझै विद्युत पुग्न नसक्दा सो क्षेत्रका १ सय २७ घरधुरीका जनता प्रत्यक्ष प्रभावित परेका छन् ।
स्थानीयका अनुसार राष्ट्रिय प्रशारणको विद्युत पुग्न नसक्दा अन्धकारमा बस्न बाध्य हुनुपरेको बताएका छन् । गाउँमा विद्युत पुग्न नसक्दा सो क्षेत्रका बालबालिकालाई अध्ययनमा समस्या परेको बताउछन् ।
विकट गाउँ त्यही माथि विद्युत नहुँदा व्यवसाय गर्न पनि समस्या परेको स्थानीय बताउछन् ।
प्रतिक्रिया दिनुहोस्