
काठमाडाैं । अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकसंगै सेयर बजारमा उत्साह थपिएको छ । उतार चढाव कायमै भैरहेको सेयर बजारमा साताको अन्तिम दिन २५ अंकको बृद्धि आएको हो ।
अर्ब हाराहारीमा सीमित रहँदै आएको कारोबार समेत सुधारिए २ अर्ब नजिक पुगेको छ । सबै समूहमा हरियाली छाउँदा उत्पादनमूलक र निर्जीबन बीमा समूह सय अंक बढीले उक्लिए ।
प्रतिशतका आधारमा जलविद्युत समूहमा सबैभन्दा उच्च ३ प्रतिशत बढीको बृद्धि आयो। बाँकी पनि अधिकांश समूह दोहोरो अंकले उकालो लागे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको ४४ लाख कित्ता बराबर सेयर १ अर्ब ७२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसमध्ये १ सय ७२ कम्पनीको मूल्य बढ्दा जम्मा १३ को घटेको पनि नेप्सेले जनाएको छ । यस दिन पनि सिकल्स हाइड्रो र सयपत्री हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत बराबर कमाए ।
प्रतिक्रिया दिनुहोस्