
पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बेले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पनि वर्तमान गठबन्धनको सरकारले निरन्तरता पाउने बताउनुभएको छ ।
पाँचथरको सदरमुकाम फिदिममा आज आयोजित आमसभालाई सम्वोधन गर्दे पाँचथरका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार आङदम्बेले यस्तो बताउनुभएको हो ।
उहाँले लोकतन्त्र, गणतन्त्र तथा संविधानको रक्षा र सुदृढीकरणका लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गर्नुभयो । लोकतान्त्रिक बामगठवन्धनका उम्मेदवारहरुले जितेको खण्डमा मात्रै मुलुकमा राजनीनिक स्थिरता, सुशासन र समृद्धि हासिल हुनसक्ने उहाँले बताउनुभयो ।
जिल्लाका गौरव तथा महत्वपूर्ण योजनाहरु अघि वढाउन वर्तमान गठबन्धनको सरकारले मात्रै सक्ने उहाँको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्