
अर्घाखाँची । आगामी आइतबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा सम्पूर्ण तयारी पूरा भएको छ ।
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार एक प्रतिनिधि र २ वटा प्रदेशसभा रहेको जिल्लामा आवश्यक सामग्रीसहित अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी र अन्य कर्मचारी खटिइसकेको बताइएको छ ।
अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा ९८ मतदानस्थलमा २ सय ३ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्