
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
आज (शुक्रबार) बिहान प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेकाे छ । साथै बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
शुक्रबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।
शुक्रबार राति भने प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्