
काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन पर्यवेक्षणका लागि दक्षिण कोरिया र मालदिभ्सबाट टोली काठमाडौंमा आइपुगेको छ ।
आगामी आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षेणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौं आइपुगेको हो ।
दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङको नेतृत्वमा तीन सदस्य टोली र मालदिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाड थौफिकको नेतृत्वमा दुई सदस्य टोली निर्वाचन पर्यवेक्षणका लागि आएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगकातर्फबाट सहसचिव विश्वप्रसाद अर्याल, सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल तथा शाखा अधिकृत दिपेश छाङ्छा र आशिष खत्रीले स्वागत गर्नुभएको थियो । निर्वाचन पर्यवेक्षणका लागि भारत, बंगलादेश र भुटानका प्रमुख निर्वाचन आयुक्तसहितका टोली पनि आउने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्