२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध


5.967k
Shares

एजेन्सी । फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

फिफाले शुक्रबार आयोजकले रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ ।

फिफा र आयोजकबीच प्रतियोगिताको दौरान रंगशाला वरिपरी मदिरा बिक्री गर्ने कि नगर्ने भन्ने विषयमा वार्ता भएको थियो । तर, अब इजाजत पत्र प्राप्त स्थानमा मात्र मदिरा बिक्री गर्न पाईने छ ।

फिफा विश्वकप आइतबारदेखि सुरु हुँदै छ । यस पटकको विश्वकपका खेलहरु ८ रंगशालामा आयोजना हुँदै छन् ।