९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थप ३ जनामा कोरोना संक्रमण


39
Shares

काठमाडौं । थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३२२ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थिएन ।

शनिबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएको छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४३२ रहेको छ ।