२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


डडेल्धुरामा मतदानको सम्पूर्ण तयारी पूरा


0
Shares

डडेल्धुरा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा मतदानको सम्पूर्ण तयारी सकिएकोे छ ।

७ वटा पालिका रहेको डडेल्धुरामा १०१ मतदान स्थल र १३९ मतदान केन्द्र छन् ।

कारागार कार्यालय डडेल्धुरामा एक अस्थायी मतदान केन्द्रसहित १४० मतदान केन्द्रको आवश्यक तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

निर्वाचनका लागि मतदान केन्द्रको तयारीसँगै जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी सहित १ हजार १ सय ५ जनशक्ति र सबै सुरक्षा अधिकारीसहित २ हजार बढी सुरक्षाकर्मी परिचालन भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

एक प्रतिनिधि र दुई प्रदेशभसा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा २३ मतदान केन्द्र अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्य गरी छुट्याइएको छ ।