
रुपन्देही । आइतबार हुने निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीको सीमा नाका बेलहियामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक सवारीको लामो लाइन लागेको छ ।
मंसिर १ गते राति १२ बजेदेखि नेपाल–भारत सीमा बन्द हुने भनिए पनि व्यावहारिक रुपमा त्यो सम्भव नहुने देखेपछि कडा जाँच गरी सुरक्षाकर्मीले दुवैतर्फका सर्वसाधारणलाई आवागमन गर्न दिएका छन् ।
मतदानको दिन भने पूर्णरुपमा आवागमन ठप्प बनाइने प्रहरीले जनाएको छ । रुपन्देहीमा करिब ६० किलोमिटर नेपाल र भारतबीच खुला सीमा रहेको छ । यी सीमा नाकामा अहिले सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी पनि खटेको छ ।
प्रतिक्रिया दिनुहोस्