६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बसन्तपुरको मतदान स्थल अपाङ्मैत्री


156
Shares

काठमाडौं । आइतबार हुने मतदानको लागि बसन्तपुरको मतदान स्थल निर्माण कार्य सकिएको छ ।

काठमाडौं क्षेत्र नम्बर ८ को १ अन्तर्गत बसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान स्थ्लको कार्य सम्पन्न भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २३ को एउटा मात्रै मतदान स्थल रहेको बसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा ५ वटा मतदान केन्द्रहरु निर्माण गरिएको मतदान अधिकृत चन्द्रबहादुर शिवाकोटीले बताउनुभयो ।

उहाँले काठमाडौं क्षेत्र नम्बर ८ को १ मा ४ हजार ६२३ जना मतदाताहरु रहेको बताउनुभयो । उहाँले सबै निर्वाचन सम्बन्धी काम सकेको बताउँदै मतदान स्थल वृद्ध, अशक्त, अपाङ्मैत्री बनाएको बताउनुभयो । मतदानका लागि रोगी, वृद्धवृद्धा, अशक्त र अपाङ्ता भएका नागरिकहरुको लागि छुट्टै व्यवस्था गरिएको बताउनुभयो ।

बसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा आइतबारको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत र स्वतन्त्र बनाउन कर्मचारीमा कार्य विभाजन गरिसकिएको र सुरक्षाकर्मीहरुलाई पनि तैनाथ गरिएको बताउनुभयो ।