१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मतदान अधिकृत कारबाहीमा


3.861k
Shares

कपिलवस्तु । कपिलवस्तुमा नैतिक आचरण विपरित कार्य गरेका एक जना मतदान अधिकृतलाई कारबाही गरिएको छ ।

जिल्लाको क्षेत्र नं ३ (२) को कृष्णनगर नगरपालिका ४ मा रहेको गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट पदमुक्त गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालय चन्द्रौटा, कपिलवस्तुुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो ।

पन्थीलाई कार्तिक २२ गतेदेखी मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो । अधिकृत पन्थीले निर्वाचनको कार्य सम्पादन गर्दा नैतिक आचरण विपरितक कार्य गरेको हुनाले मतदान अधिकृतलाई जिम्मेवारीबाट पदमुक्त गरिएको कपिलवस्तु क्षेत्र नं ३ का निर्वाचन अधिृकत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।