२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


धनराज गुरुङ र पद्मा अर्यालले गरे मतदान


234
Shares

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धनराज गुरुङले मतदान गर्नुभएकाे छ ।

आज आइतबार स्याङ्जाको अर्जुन चौपारी रानीचरी खाल्टेमा रहेको क्षेत्र नम्बर १ काे मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हाे । तर उहाँले क्षेत्र नम्बर २ काे उम्मेदवार हुनुहुन्छ ।

साथै नेकपा एमालेकी सचिव तथा स्याङ्जा क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार पद्मा कुमारी अर्यालले आइतबार स्याङ्जाको वालिङ नगरपालिका-१४ तिवारी पसल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।