२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमाले सचिव भट्टद्वारा कैलालीबाट मतदान


26
Shares

कैलाली । नेकपा एमालेका सचिव लेखराज भट्टले कैलालीबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान गर्नुभएको छ ।

नेकपा एमालेबाट कैलाली निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनु भएका भट्टले गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसाल्नु भएको थियो ।भट्टसँग सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचन आयोगले मतदानका लागि आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजे सम्मको समय तोकेको छ ।

निर्वाचन आयोगका अनुसार २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । जसमा पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार ८०६, महिला मतदातको संख्या ८८ लाख ४७ हजार ५७९ र अन्य मतदाताको संख्या १८५ रहेको छ ।

मतदानका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तय गरेको छ ।