२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विकास निर्माण सम्पन्नताको अभियानमा गठबन्धनः नेता सिंह


39
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाशमान सिंहले मतदान गर्नुभएकाे छ ।

आइतबार प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतदान गरिसकेपछि उहाँले गठबन्धनले निर्वाचन जिते केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के छ भन्ने कुराको उदाहरण प्रस्तुत गर्ने बताउनुभएकाे हाे ।

उहाँले सञ्चारकर्मीहरुसँग कुराकानी दुई पटक संविधान लेखन र एक पटक संविधान रक्षा गर्न समय लागेको बताउनुभयाे । अबको समय संविधानलाई कार्यान्वयन गर्नका लागि भएको उहाँले बताउनुभयो । उहाँले गठबन्धन सरकार राजनीतिक स्थिरता र स्थायित्व दिन अग्रसर रहेको पनि बताउनुभयो ।

नेता सिंहले नेपाललाई विकास निर्माण सम्पन्नताको अभियानमा लैजान गठबन्धनको आवश्यक्ता रहेको बताउनुभयो ।