१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेह्रथुममा मतदानका लागि लाइन बसेका एक बृद्धको मृत्यु


65
Shares

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-८ सोल्माको रत्न मावि मतदान केन्द्रमा एक जना मतदाताको मतदानका लागि लाइनमा बस्ने क्रममा मृत्यु भएको छ ।

रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिनुभयो । मृत्युको कारण बारे खुल्न सकेको छैन् ।

आइतबार प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि निर्वाचन भइरहेको हो ।