
डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो गृह जिल्ला डडेल्धुराकाे गन्यापधुरा गाउँपालिकाबाट मतदान गर्नुभएको छ ।
रुवाखोलाको (ख) मतदान केन्द्रबाट उहाँले आइतबार बिहान १० बजेर ८ मिनेटमा मतदान गर्नुभएको हो। मतदान गरिसकेपछि प्रधानमन्त्री देउवाले सबैलाई मतदानमा सहभागी हुन आग्रह समेत गर्नुभयो । डडेल्धुरामा १ सय १ मतदान केन्द्र र १ सय ३९ मतदान स्थल रहेका छन् । साथै डडेल्धुरामा ९२ हजार मतदाता रहेका छन् ।
प्रधानमन्त्री देउवासँग स्वतन्त्र युवा इन्जिनियर सागर ढकाल र कांग्रेस वीपीका कर्ण मल्ल प्रतिस्पर्धामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्