८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


हुम्लाको सर्केगाडमा झडप हुँदा हवाई फायर, सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते


1.599k
Shares

हुम्ला । हुम्लाको एक मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् ।

सर्केगाडमा गाउँपालिका वडा नं. ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी घाइते भएका हुन् ।

उनीहरुको टाउकोमा चोट लागेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । प्रहरी निरीक्षक पुष्पराज रोकायले पेस्तोलबाट एक राउण्ड र थ्री नट थ्री राइफलबाट ७ गरी ८ राउण्ड फायर गरेका थिए। त्यहाँ बिहान साढे ९ बजेदेखि मतदान स्थगित भएको र मतपेटिका सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

बिहान ८ः३० बजे वारेशनामाको विवादका कारण सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताहरुबीच झडप भएको थियो ।