
कपिलवस्तु । कपिलवस्तुमा अहिलेसम्म ५२ प्रतिशत मत खसेको छ । साढे १२ बजे सम्मको अवधिमा उक्त मत खसेको जिल्ला निर्वाचम कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला २ सय ३४ मतदान स्थल मा ४ सय ७२ मतदान केन्द्र निर्धारण गरिएको छ
प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा ७९ मतदानस्थलमा १ सय ७१ केन्द्र तोकिएका छन् ।
सो क्षेत्रको प्रदेशसभा (क) मा ४० स्थल र ९५ केन्द्र तथा (ख) मा ३९ स्थल र ७६ केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का लागि ८३ स्थलमा १ सय ५५ मतदान केन्द्र कायम गरिएको छ ।
सो क्षेत्रको प्रदेशसभा (क) मा ४४ स्थलमा ८१ केन्द्र र (ख) मा ३९ स्थलमा ७४ केन्द्र निर्धारण गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ का लागी ७२ स्थलमा १ सय ४६ मतदान केन्द्र कायम गरिएको छ ।
सो क्षेत्रको प्रदेशसभा (क) मा ३६ स्थलमा ७६ केन्द्र र (ख) मा ३६ स्थलमा ७० केन्द्र निर्धारण गरिएको छ । जिल्लामा तीन लाख ७८ हजार २ सय ३२ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्