
काठमाडाैं । बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ ।
बाजुराका डीएसपी चतुरभुज ओझाले मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुने अवस्था सिर्जना भएपछि मतदान स्थगित भएको बताउनु भयाे ।
उहाँका अनुसार बुढीगंगा नगरपालिका,बुढीनन्दा नगरपालिका त्रिवेणी नगरपालिका र स्वामीकार्तिकमा रहेका ५ वटा मतदानस्थलको मतदान अहिले रोकिएको छ ।
उहाँले भन्नुभयाे,’विवाद उत्पन्न भएपछि केही मतदानस्थलमा सुरक्षकर्मीले हवाई फ़ायर गरेको थियो। अहिले अवस्था नियन्त्रणमा रहेको डीएसपी छ।’
प्रतिक्रिया दिनुहोस्