२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मतपेटिकामा आगजनी हुँदा मतदान स्थगित


3.016k
Shares

बाजुरा । बाजुरामा एक मतपेटिकामा आगजनी भएकाे छ ।

स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हाे।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ‘क’ केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हाे ।

सुरक्षामा खटिएका एक प्रहरी अधिकृतले भन्नुभयाे,’ एक मतपेटिकामा आगजनी भएकाे हाे, जसबाट ३/४ वटा मतपत्र जलेकाे छ।’

मतपत्र जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन ।