
रौतहट । रौतहटमा ६३ प्रतिशत मतदान भएको छ ।
प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि भएको मतदानमा दिउँसो साढे ३ बजेसम्म ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । मतदाताहरु मत खसाल्न उत्साहका साथ मतदानकेन्द्रमा लामबद्ध भएर बसेका छन् । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।
निर्वाचन आयोगका अनुसार देशभर गरेर २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको कूल संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । जसमा पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार ८०६, महिला मतदातको संख्या ८८ लाख ४७ हजार ५७९ र अन्य मतदाताको संख्या १८५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्