२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आम निर्वाचनको मतदानको निर्धारित समय सकियो


273
Shares

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आईतबार देशैभर भएको मतदानको निर्धारित समय सकिएको छ ।

निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो । आयोगले मतदानस्थलभित्र पसेकाहरुले भने त्यसपछि पनि मत खसाल्न पाउने जनाएको छ । केही स्थानमा सामान्य घटना हुनुबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगका एक सदस्यले ईमेज खबरलाई जानकारी दिए । यो निर्वाचनबाट प्रतिनिधि सभा तर्फ प्रत्यक्ष मतदानबाट १६५ जना र प्रदेश सभाका लागि प्रत्यक्षबाट ३३० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । प्रतिनिधि सभाको २७५ सिट मध्ये बाँकी ११० जना समानुपातिक प्रणालीबाट दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन् ।

त्यस्तै प्रदेश सभामा ५५० सिट रहेकोमा बाँकी २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । त्यसकारण निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिकका लागि चारवटा मतपत्रको व्यवस्था गरेको थियो ।आयोगले मतदान सकिएछि मतपेटिक सम्वन्धित मतगणना स्थलमा पुर्याएपछि आजै रातिबाट मतगणना गर्ने जनाएको छ ।