
नवलपुर । नवलपरासी पूर्वमा मतपेटिकामा आगजनी गर्ने एक जना पक्राउ परेका छन् ।
देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएकाे छ ।
स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पुष्टि गर्नुभयाे ।
आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ। आगजनी गरेपछि भण्डारी भाग्न खाेज्दा प्रहरीले पक्राउ गरेकाे हाे । भण्डारीले मतपेटिकामा बडीलोसन दलेर खसाएको प्रहरी समक्ष बयान दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्