
फाइल तस्बिर
जनकपुरधाम । प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको मतदानमा धनुषामा ६२ प्रतिशत मत खसेको छ ।
जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा ६२ प्रतिशत मतदाताले मतदान गरेका हुन् ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर ६२ प्रतिशतसम्म मतदान भएको जानकारी दिनुभयो ।
जिल्लाभरमा शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भएको धनुषाका मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिनुभयो ।
मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारी साधन तैनाथ राखिएकोले अब केहीबेरपछि ढुवानी गरिने जानकारी दिनुभयो ।
जिल्लाको ३२३ मतदानस्थलका ६०६ मतदान केन्द्रमार्फत शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्