
पाँचथर । पाँचथरमा ५४ प्रतिशत मत खसेको छ ।
जिल्लाको कुल १ लाख ३८ हजार २ सय ३२ मध्ये ७४ हजार ८ सय ९८ मतदाताले मत खसाएका छन् । यो ५३.९० प्रतिशत हो ।
गत बैशाखमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो ।
मतपेटिकाहरु आउने क्रम जारिरहेको र सबै मतपेटिका बुझिसके पछि प्रक्रिया पूरा गरेर मतगणना गरिने प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।
मतपेटिका मतगणना स्थल फिदिमसम्म आईपुग्न राति ढिला हुने हुँदा सोमबार बिहान सर्वदलिय बैठक बसेर मात्रै मतगणना सुरु गरिने जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार भट्टराई जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्