२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


इलाममा ५७ प्रतिशत मत खस्यो, सोमबार मतगणना


143
Shares

इलाम । इलाममा ५७.४४ प्रतिशत मत खसेको छ ।

२ लाख २४ हजार ८ सय ७७ मतदाता रहेको इलाममा ५७.४४ मत खसेको हो ।

जिल्लामा १५० मतदान स्थल र २८५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्धारित समयमा सम्पन्न भएको इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

मतपेटिका राति अवेरसम्ममा आइसकेपछि सोमबार बिहान सर्वदलिय बैठक बसेर दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु गर्ने निर्वाचन कार्यालय इलामका प्रमुख देवीचरण फूयालले जानकारी दिनुभयो ।

दुई वटा संघीय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको इलामममा मुख्य प्रतिष्पर्धा एमाले र गठबन्धनबीच छ । क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एमाले जिल्ला अध्यक्ष मेहश बस्नेतबीच प्रतिष्पर्धा छ ।

त्यस्तै, क्षेत्र न. २ मा एमालेका उपाध्यक्ष सुभाष नेम्वाङ र कांग्रेस जिल्ला सभापति डम्बर खड्काबीच कडा प्रतिष्पर्धा छ ।