
बैतडी । आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीका ५२.२२ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार कुल मतदाताको ५२.२२ प्रतिशत मत खसेको हो ।
बैतडीमा १ लाख ५० हजार १५६ मतदाता रहेकामा ७८ हजार ४१६ मत मात्रै खसेको छ ।
जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको जनाइएको छ । मतपेटिका ढुवानीको काम जारी रहेको छ । मतपेटिका ढुवानी सम्पन्न सोमबार दिउँसोसम्ममा सकिने र त्यसपछि सर्वदलीय बैठक बोलाएर मतगणनाको समय तोकिने जनाइएको छ ।
जिल्लाको सिगास गाउँपालिकाका मतपेटिका ढुवानीमा समस्या भएको हो । सिगासका केहि मतदान केन्द्रका मतपेटिका ५ घण्टा बोकेर डडेल्धुरा र बझाङको बाटो भएर त्यसपछि गाडीमा ल्याउनुपर्ने भएकोले ढुवानी गर्न समय लाग्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणनास्थल तोकिएको छ । मतगणना स्थलमा सीसी क्यामेरा र तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आइतबार सम्पन्न निर्वाचनमा दुई जना किरियापुत्री, पाँच कैदीबन्दी र एक जना ११३ वर्षीया वृृद्धा पनि मतदनमा सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्