१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोरङमा ६४ प्रतिशत मत खस्यो, सोमबार बिहानदेखि मतगणना


143
Shares

विराटगर । मोरङमा करिब ६४ प्रतिशत मत खसेको छ ।

प्रमुख जिल्ला अधिकारी दाहालले करिब ६४ प्रतिशत मत खसेको हुनसक्ने जानकारी दिनुभयो ।

मोरङमा मतगणना सोमबार बिहानबाट सुरु गर्ने तयारी भएको छ । मतपेटिका संकलन गर्न आइतबार अबेरसम्म लाग्ने भएपछि मतगणना सोमबार बिहानबाट गर्ने तयारी भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमबार बिहानबाट मतगणना सुरु गर्ने बताउनुभयो ।

मोरङमा ४ स्थानमा मतगणना गरिर्दैछ । निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा हुने छ । मतगणनाका लागि सबै तयारी पूरा भएको छ ।

मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा हुने छ । क्षेत्र नम्बर २ को मतगणना रतुवामाइ नगरपालिकामा रहेको विश्वनाथ मन्दिर र क्षेत्र नम्बर ३ को बेलबारी नगरपालिका – ३ मा रहेको भगवती माध्यमिक विद्यालयमा हुने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।