१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ मा मत कम खस्यो : निर्वाचन आयोग


715
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षा भन्दा कम मत खसेको बताएको छ ।

आयोगले आइतबार पत्रकार सम्मेलन गरी प्रदेश १ मा अपेक्षा भन्दा कम मात्रै मत खसेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मधेस प्रदेशमा ६५ प्रतिशतकै हाराहारीमा मतदान भएको पाइएको बताउनुभयो । उहाँले अन्य प्रदेशमा भने १/२ प्रतिशत अझै बढ्न सक्ने अनुमान आयोगको रहेको बताउनुभयो । उहाँले आइतबार पूर्ण रुपमा मतदान सकिएका स्थानमा तराईका र काठमाडौं लगायतका केही स्थानमा रातिबाट नै मत गणना हुने बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले बाजुरामा झडपमा परी उक जनाको मृत्यु भएको बताउनुभयो । उहाँले अन्य २ जना घाइते भएको उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बताउनुभयो । विभिन्न स्थानमा सामान्य घाइते भएकाहरुलाई सामान्य उपचारपछि घर फर्काइएको आयोगले जनाएको छ ।

निर्वाचन बिथोल्ने कार्यमा संलग्न केही ठाउँमा केही व्यक्तिहरु पक्राउ परेको र पक्राउ पर्न नसकी भागेकाहरुलाई पनि पक्राउ गरी निर्वाचन कसुर तथा सुरक्षा ऐन अन्तर्गत कारबाही गर्न निर्देशन दिनुभयो ।