
बारा । बारा जिल्लामा ६६ प्रतिशत मत खसेको छ ।
जिल्लामा कुल ४ लाख ३३ हजार ५०४ मतदाता रहेकोमा १ लाख ५२ हजार ६४ पुरुष, १ लाख ३३ हजार ७७६ महिला र एक अन्य गरी दुई लाख ८९ हजार ८ सय ४१ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताउनुभयो ।
४ निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ३० स्वतन्त्र, २ महिला सहित ७७ जना प्रतिस्पर्धामा उत्रिएका छन । त्यस्तै, ८ प्रदेश सभाको सदस्य पदका लागि ४४ स्वतन्त्र, ३ महिला सहित १०७ उम्मेदवार रहेका छन् ।
निर्वाचन सान्तिपूर्ण सम्पन्न भएको र केही मतदान केन्द्रमा प्राविधिक समस्या रहे पनि तोकिएकै समयमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालले बताउनुभयो ।
मतपेटिका गणनास्थल ल्याउने क्रम रहेको समेत कटुवालले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्